यस राशिको स्वामी ग्रह शन्रि्रह हो । यो राशिका मानसिहरु व्यवहारिक कार्यमा जटिल महत्वपूर्ण काम कार्यमा गम्भीर अनन्त शक्तिबाट कार्य सम्पन्न गर्ने, शत्रुहरुमा आफ्नो अधिकार प्राप्त गर्ने, अनुशासन, न्यायप्रति कट्टर हुने यिनको बानी उदार जस्तो देखिए पनि आन्तरिक संवेदशील समाजको गुणले श्रेष्ठ हुन्छन् । निमुखालाई मद्दत गर्ने, स्थिर स्वभाव, कठोर परिश्रमी, आर्दशवादी सबैसँग मेलमिलाप गर्ने हुन्छन् । आफ्नु काम पार गर्ने लाभ हुने ठाँउमा अपमान पनि सहन सक्ने यिनको नैर्सर्गिक विचार हुन्छ । मकर राशिकाहरु आफ्नो लक्षमा उद्योग कार्यमा लम्कन सजक रहने आत्मविश्वासी हुन्छन् । यिनीहरु अरुलाई अघि बढाएर आफू पछि बसी काम लिन चतुर हुन्छन् । यिनीहरुमा आफूलाई धोका दिने, विश्वास नगर्ने, व्यक्तिलाई कहिल्यै विश्वास गर्ने र सहायता गर्ने विचार हुदैन । आफू भन्नेलाई सहायता गर्न तत्पर रहन्छन् । यिनीहरु आफूलाइ कसैले पनि प्रतिबन्ध लगाएको मन पराउदैनन् । भविष्यको बारेमा बढी चिन्तित हुने हुनाले भूतको कुरा कममात्र सम्झने गर्दछन् । यिनीहरुलाइ प्रकृतिले नै साहस गर्नसक्ने क्षमता प्रदान गर्न सक्छन् भनी सोच्ने गर्दछन्।
यो वर्षको प्रारम्भ केही संघर्षपूर्ण रहनेछ। सुरुमा कष्टभावमा बृहस्पति र राहु एकसाथ रहने हुँदा चोटपटक एवं वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा भइरहनेछ। परिस्थितिले ऋणभार बढाउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउनेछ भने आफन्तको व्यवहारले मन खिन्न हुनेछ। तर आयभावका शनि अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त हुनेछ। ठेकेदारी, सट्टापट्टा वा साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले नाम, दाम र इनाम थमाउन सक्छ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने सम्भावना छ। साउन २२ देखि बृहस्पति भाग्यभावमा प्रवेश गर्नाले पहिलेका समस्या समाधान हुनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। मंगलमय कार्य, परोपकार र सामाजिक काममा अभिरुचि जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ। मन मिल्ने दौतरी भेटिनुका साथै प्रेमसम्बन्ध स्थापित गर्ने साइत जुर्न सक्छ। अध्ययनमा प्रगति हुनेछ भने स्थायी नोकरीमा प्रवेश पाइने योग छ। कर्मचारीका लागि पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ। राहुको प्रतिकूलताले दुर्घटना एवं डरले सताउने देखिन्छ। मातापिताको बारेमा चिन्ता बढ्न सक्छ। जन्मकालमा राहु प्रतिकूल...










Comments
Post a Comment