मकर राशिलाई मंसिर महिना फलदायी रहनेछ। रोकिएका कामले गति लिनुका साथै आयस्रोत सबल बन्नेछन्। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। पेसा–व्यवसायमा विशेष लाभ हुने समय छ। सानो प्रयासले दिगो आयस्रोत जुटाउन सकिनेछ। सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ। आवश्यक उपकरण, सवारीलगायत भौतिक साधन जुटाउने समय छ। कृषि तथा पशुपालनबाट पनि मनग्य लाभ मिल्नेछ। गरेका कामको धेरैले प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।
यो वर्षको प्रारम्भ केही संघर्षपूर्ण रहनेछ। सुरुमा कष्टभावमा बृहस्पति र राहु एकसाथ रहने हुँदा चोटपटक एवं वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा भइरहनेछ। परिस्थितिले ऋणभार बढाउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउनेछ भने आफन्तको व्यवहारले मन खिन्न हुनेछ। तर आयभावका शनि अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त हुनेछ। ठेकेदारी, सट्टापट्टा वा साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले नाम, दाम र इनाम थमाउन सक्छ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने सम्भावना छ। साउन २२ देखि बृहस्पति भाग्यभावमा प्रवेश गर्नाले पहिलेका समस्या समाधान हुनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। मंगलमय कार्य, परोपकार र सामाजिक काममा अभिरुचि जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ। मन मिल्ने दौतरी भेटिनुका साथै प्रेमसम्बन्ध स्थापित गर्ने साइत जुर्न सक्छ। अध्ययनमा प्रगति हुनेछ भने स्थायी नोकरीमा प्रवेश पाइने योग छ। कर्मचारीका लागि पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ। राहुको प्रतिकूलताले दुर्घटना एवं डरले सताउने देखिन्छ। मातापिताको बारेमा चिन्ता बढ्न सक्छ। जन्मकालमा राहु प्रतिकूल...










Comments
Post a Comment