मकर राशिका व्यक्तिको प्रेमक्षेत्र त्यति सफल छैन । तर प्रेमतृष्णा हृदयबाट उत्पन्न हुन्छ । आफूले अति चाहना गर्दा पनि प्रेमीजीवन बिमुख हुनुको कारणबाट वैराग्य लिने जस्तो पनि हुन्छन् । प्रेम वियोगले गर्दा यिनीहरुको जीवनमा विभिन्न परिवर्तन हुन सक्छ । प्रेम भावनाबाट पपूर्ण विश्वास खोलिदिन्छन् । प्रेमिकाले त्यसको कदर नगरे जीवन गम्भीर हुन पुग्छ । विवाहपछि स्त्री पुरुषको दृढ प्रेम भए तापनि केही न केही खटपट भइरहन्छ । जीवनमा दुइमा आपसी उताउता आन्तरिक व्यवसायले विचार बदलिने, समाजमा जस्ताको त्यस्तै देखिने, मनको कुरा कसैप्रति व्यक्त नगर्ने, बानीले आन्तरिक वेदनाले जलन सहेर बस्नुपर्ने हुन्छ । प्रेम वियोग पुरुषलाई भन्दा स्त्रीलाई नै धेरै पर्नेछ । कन्या, मेष र कर्कट सँगक प्रेम सम्बन्ध कठिन हुनेछ भने अरु सँग सामान्य नै रहने छ ।
यो वर्षको प्रारम्भ केही संघर्षपूर्ण रहनेछ। सुरुमा कष्टभावमा बृहस्पति र राहु एकसाथ रहने हुँदा चोटपटक एवं वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा भइरहनेछ। परिस्थितिले ऋणभार बढाउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउनेछ भने आफन्तको व्यवहारले मन खिन्न हुनेछ। तर आयभावका शनि अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त हुनेछ। ठेकेदारी, सट्टापट्टा वा साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले नाम, दाम र इनाम थमाउन सक्छ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने सम्भावना छ। साउन २२ देखि बृहस्पति भाग्यभावमा प्रवेश गर्नाले पहिलेका समस्या समाधान हुनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। मंगलमय कार्य, परोपकार र सामाजिक काममा अभिरुचि जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ। मन मिल्ने दौतरी भेटिनुका साथै प्रेमसम्बन्ध स्थापित गर्ने साइत जुर्न सक्छ। अध्ययनमा प्रगति हुनेछ भने स्थायी नोकरीमा प्रवेश पाइने योग छ। कर्मचारीका लागि पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ। राहुको प्रतिकूलताले दुर्घटना एवं डरले सताउने देखिन्छ। मातापिताको बारेमा चिन्ता बढ्न सक्छ। जन्मकालमा राहु प्रतिकूल...










Comments
Post a Comment