Skip to main content

Posts

Showing posts from 2015

२०७२ सालको बार्षिक राशि फल

समग्रमा योबर्ष मकर राशिलाइ राम्रो रहनेछ । गरेका कामहरू सफलतापूर्वक अघिबढ्नेछन्। एकादश शनिको अनुकूल प्रभाव एवं बर्ष आरम्भमा तृतीयेश बृहस्पति सप्तम भावमा, तृतीयस्थानमा केतुले गोचर गरिरहेको हुँदा जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन् । मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ । आमदानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । व्यापारमा सफलता सोचेभन्दा वढी नै मिल्नेछ । वैदेशिक कार्यमा सफलता मिल्नुको साथै विदेश अध्ययनमा छात्र वृद्धि प्राप्त भई पढ्न जानेखालको योग देखिन्छ । कूटनीतिक क्षेत्रमा ऐतिहासिक काम गरी आफूलाई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला । नोकारीमा पदोन्नतिका साथै लाभप्रद स्थानमा जाने अवसर मिल्नेछ । राजनीतिमा आफनोवर्चस्व चारैतिर फैलाउन सफलभई उच्चस्थान हासिल गर्ने अवसर मिल्नेछ । विदेशिएका, भुलेका आफन्तहरुले पुनः याद गर्नेछन् । विदेश बासोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै अवस प्राप्त होला । ठूलाव्यक्तिको विश्वास पात्रहुने अवसरका साथै राजनीति नियुक्तिको सम्भावना बलियोछ । पति–पत्नीबीच सुमधुर सम्वन्ध हुनेछ । असल मान्छेले प्रेम प्रस्ताव राख्ने, भएको प्रेम वैवाहिक बन्ध