Skip to main content

तपाइको चैत्र माहिनाको राशिफल


मकर
२०६६ साल » चैत्र महिना » मकर राशी
जो जा जी खी खू खे खो गा गी
यस महिनामा सूर्यले तपाईको जन्मराशिको आठौँ स्थानको भ्रमण गर्दै हुनाले तपाईलाइ संकट पर्न सक्ला । पीडाको पनि सामना गर्नुपर्ला र राज्य भय होला । कलह होला । मानसिक चिन्ता पर्ला । व्यवसायमा सन्तोषजनक लाभ नहोला । काममा त लम्पट लागेर भिड्नु होला । ज्यादा परिश्रमले सफलता मिल्ला । प्रयाप्त धन प्राप्त हुन नसक्ला । चोर, डाँकु र ठगबाट सावधान रहनुपर्नेछ । व्यवसायमा सफलता सामान्य होला। गुप्त रोगले बाधा गर्न सक्ला ।मंगल ग्रह तपाईको जन्मराशिको नवौँ स्थानमा भ्रमण गर्दै हुनाले तपाईलाई कामकाजमा पीडा ठक्कर आदि पर्न सक्ला । विपक्षबाट हार खानुपर्ला । धनको नाश होला । शरिर निर्बल रहला । गर्मी लाग्नाले स्वास्थ्य खराब होला । रोजगारीको स्थानबाट हट्नुपर्ला ।बुध ग्रह ७ गतेबाट नवौँ स्थानमा जानाले तपाईलाइ विध्नवाधा पर्ला । आफन्तले सक्दो मात्रामा सहयोग गर्लान् । अर्काबाट उत्पीडन सहनुपर्ला । कु अन्नको भोजन हुन सक्ला । पित्तबाट पीडा होला । सारा अंग दुख्ला ।शुक्रको स्थान आठौँ हुनाले धन सम्पत्तिको लाभ होला । दुःख नाश होला । ९ गते पछाडि नवौँ हुनाले शुक्रका तर्फबाट सुखको प्राप्ति होला । वस्त्र, अलंकारको लाभ होला । स्वास्थ्यमा सुधार आउला। धर्मकर्ममा रुचि आउला । सामान्य काममा सफलता मिल्ला ।यस महिनामा तपाईका लागि शुक्र मात्रै शुभ र अरु ग्रह अशुभ भएकाले यस महिनामा अशुभ नै बढी होला । धर्मकर्ममा बाधा पर्नेछ । इष्टमित्रमा कलह होला । भाइहरुमा विवाद पर्न सक्ला । खर्चको भारले मन दुःखित होला ।

Popular posts from this blog

मकर राशी

२०६६ साल » मकर राशी जो जा जी खी खू खे खो गा गी यो २०६६ साल हो । यस वर्ष तपाईको राशि को जन्म राशिमा राहु र सातौँ स्थानमा केतु रहँदै आएका छन् । त्यसकारण तपाईलाई भाग्यको सहयोग कम होला । परिश्रमले मात्रै कामहरु सफल होलान् । परिवारमा कसैमो भाग्य चम्किएला । सामान्य आन्दानी नोकरी व्यवसायमा विविध किसिमको विवाद होला । कुनै सहयोगीबाट नोकरी व्यवसायमा सहायता होला । भोगविलासमा रुचि रहला । हरेक काममा साहसी बन्नुपर्ला । कुसंगतले बिर्गाला । मंसिर १८ गतेबाट राहु बाह्रौ र केतु छैठौँ स्थानमा जानाले त्यसपछि राहु र केतुका तर्फाट तपाईलाई सट्टापट्टा जुवातासबाट घाटा होला । जीवनसाथी र सन्तानका तर्फाट सुख सामान्य होला । धर्मकर्ममा रुचि बढ्ला । घर गृहस्थीको काममा दक्षता बढ्ला । तपाईलाई राम्रो संगत प्राप्त होला । शारिरिक मानसिक स्वास्स्थ्य सामान्य रहला । नशालु पदार्थबाट टाढा रहनु नत्र ठूलो नोक्सानी हुन सक्छ । जीवन साथी, परिवारका लागी लगानी बढ्ला । बृहस्पतिले तपाईको राशिको दोस्रो स्थानको यात्रा गर्दै हुनाले बोली बचनको प्रभाव बढ्ला । कथा बाचन, प्रवचन, भाषण आदिमा चलक बाणी प्राप्त होला । परिक्षा प्रतियोगितामा सफल...

पुष २०८० मकर राशि को राशिफल

  पुष महिनामा तपाईंलाई मिश्रित फल मिल्नेछ । बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । १५ गतेबाट दानपुण्यका कार्यमा सहभागी भइनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)             Shop Now                                                           Shop Now