Skip to main content

तपाइको चैत्र माहिनाको राशिफल


मकर
२०६६ साल » चैत्र महिना » मकर राशी
जो जा जी खी खू खे खो गा गी
यस महिनामा सूर्यले तपाईको जन्मराशिको आठौँ स्थानको भ्रमण गर्दै हुनाले तपाईलाइ संकट पर्न सक्ला । पीडाको पनि सामना गर्नुपर्ला र राज्य भय होला । कलह होला । मानसिक चिन्ता पर्ला । व्यवसायमा सन्तोषजनक लाभ नहोला । काममा त लम्पट लागेर भिड्नु होला । ज्यादा परिश्रमले सफलता मिल्ला । प्रयाप्त धन प्राप्त हुन नसक्ला । चोर, डाँकु र ठगबाट सावधान रहनुपर्नेछ । व्यवसायमा सफलता सामान्य होला। गुप्त रोगले बाधा गर्न सक्ला ।मंगल ग्रह तपाईको जन्मराशिको नवौँ स्थानमा भ्रमण गर्दै हुनाले तपाईलाई कामकाजमा पीडा ठक्कर आदि पर्न सक्ला । विपक्षबाट हार खानुपर्ला । धनको नाश होला । शरिर निर्बल रहला । गर्मी लाग्नाले स्वास्थ्य खराब होला । रोजगारीको स्थानबाट हट्नुपर्ला ।बुध ग्रह ७ गतेबाट नवौँ स्थानमा जानाले तपाईलाइ विध्नवाधा पर्ला । आफन्तले सक्दो मात्रामा सहयोग गर्लान् । अर्काबाट उत्पीडन सहनुपर्ला । कु अन्नको भोजन हुन सक्ला । पित्तबाट पीडा होला । सारा अंग दुख्ला ।शुक्रको स्थान आठौँ हुनाले धन सम्पत्तिको लाभ होला । दुःख नाश होला । ९ गते पछाडि नवौँ हुनाले शुक्रका तर्फबाट सुखको प्राप्ति होला । वस्त्र, अलंकारको लाभ होला । स्वास्थ्यमा सुधार आउला। धर्मकर्ममा रुचि आउला । सामान्य काममा सफलता मिल्ला ।यस महिनामा तपाईका लागि शुक्र मात्रै शुभ र अरु ग्रह अशुभ भएकाले यस महिनामा अशुभ नै बढी होला । धर्मकर्ममा बाधा पर्नेछ । इष्टमित्रमा कलह होला । भाइहरुमा विवाद पर्न सक्ला । खर्चको भारले मन दुःखित होला ।

Popular posts from this blog

पुष २०८० मकर राशि को राशिफल

  पुष महिनामा तपाईंलाई मिश्रित फल मिल्नेछ । बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । १५ गतेबाट दानपुण्यका कार्यमा सहभागी भइनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर राशी

२०६६ साल » मकर राशी जो जा जी खी खू खे खो गा गी यो २०६६ साल हो । यस वर्ष तपाईको राशि को जन्म राशिमा राहु र सातौँ स्थानमा केतु रहँदै आएका छन् । त्यसकारण तपाईलाई भाग्यको सहयोग कम होला । परिश्रमले मात्रै कामहरु सफल होलान् । परिवारमा कसैमो भाग्य चम्किएला । सामान्य आन्दानी नोकरी व्यवसायमा विविध किसिमको विवाद होला । कुनै सहयोगीबाट नोकरी व्यवसायमा सहायता होला । भोगविलासमा रुचि रहला । हरेक काममा साहसी बन्नुपर्ला । कुसंगतले बिर्गाला । मंसिर १८ गतेबाट राहु बाह्रौ र केतु छैठौँ स्थानमा जानाले त्यसपछि राहु र केतुका तर्फाट तपाईलाई सट्टापट्टा जुवातासबाट घाटा होला । जीवनसाथी र सन्तानका तर्फाट सुख सामान्य होला । धर्मकर्ममा रुचि बढ्ला । घर गृहस्थीको काममा दक्षता बढ्ला । तपाईलाई राम्रो संगत प्राप्त होला । शारिरिक मानसिक स्वास्स्थ्य सामान्य रहला । नशालु पदार्थबाट टाढा रहनु नत्र ठूलो नोक्सानी हुन सक्छ । जीवन साथी, परिवारका लागी लगानी बढ्ला । बृहस्पतिले तपाईको राशिको दोस्रो स्थानको यात्रा गर्दै हुनाले बोली बचनको प्रभाव बढ्ला । कथा बाचन, प्रवचन, भाषण आदिमा चलक बाणी प्राप्त होला । परिक्षा प्रतियोगितामा सफल...

२०७३ सालको बार्षिक राशि फल

यो वर्षको प्रारम्भ केही संघर्षपूर्ण रहनेछ। सुरुमा कष्टभावमा बृहस्पति र राहु एकसाथ रहने हुँदा चोटपटक एवं वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा भइरहनेछ। परिस्थितिले ऋणभार बढाउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउनेछ भने आफन्तको व्यवहारले मन खिन्न हुनेछ। तर आयभावका शनि अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त हुनेछ। ठेकेदारी, सट्टापट्टा वा साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले नाम, दाम र इनाम थमाउन सक्छ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने सम्भावना छ। साउन २२ देखि बृहस्पति भाग्यभावमा प्रवेश गर्नाले पहिलेका समस्या समाधान हुनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। मंगलमय कार्य, परोपकार र सामाजिक काममा अभिरुचि जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ। मन मिल्ने दौतरी भेटिनुका साथै प्रेमसम्बन्ध स्थापित गर्ने साइत जुर्न सक्छ। अध्ययनमा प्रगति हुनेछ भने स्थायी नोकरीमा प्रवेश पाइने योग छ। कर्मचारीका लागि पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ। राहुको प्रतिकूलताले दुर्घटना एवं डरले सताउने देखिन्छ। मातापिताको बारेमा चिन्ता बढ्न सक्छ। जन्मकालमा राहु प्रतिकूल...