पुष महिनामा तपाईंलाई मिश्रित फल मिल्नेछ । बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । १५ गतेबाट दानपुण्यका कार्यमा सहभागी भइनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
२०६६ साल » मकर राशी जो जा जी खी खू खे खो गा गी यो २०६६ साल हो । यस वर्ष तपाईको राशि को जन्म राशिमा राहु र सातौँ स्थानमा केतु रहँदै आएका छन् । त्यसकारण तपाईलाई भाग्यको सहयोग कम होला । परिश्रमले मात्रै कामहरु सफल होलान् । परिवारमा कसैमो भाग्य चम्किएला । सामान्य आन्दानी नोकरी व्यवसायमा विविध किसिमको विवाद होला । कुनै सहयोगीबाट नोकरी व्यवसायमा सहायता होला । भोगविलासमा रुचि रहला । हरेक काममा साहसी बन्नुपर्ला । कुसंगतले बिर्गाला । मंसिर १८ गतेबाट राहु बाह्रौ र केतु छैठौँ स्थानमा जानाले त्यसपछि राहु र केतुका तर्फाट तपाईलाई सट्टापट्टा जुवातासबाट घाटा होला । जीवनसाथी र सन्तानका तर्फाट सुख सामान्य होला । धर्मकर्ममा रुचि बढ्ला । घर गृहस्थीको काममा दक्षता बढ्ला । तपाईलाई राम्रो संगत प्राप्त होला । शारिरिक मानसिक स्वास्स्थ्य सामान्य रहला । नशालु पदार्थबाट टाढा रहनु नत्र ठूलो नोक्सानी हुन सक्छ । जीवन साथी, परिवारका लागी लगानी बढ्ला । बृहस्पतिले तपाईको राशिको दोस्रो स्थानको यात्रा गर्दै हुनाले बोली बचनको प्रभाव बढ्ला । कथा बाचन, प्रवचन, भाषण आदिमा चलक बाणी प्राप्त होला । परिक्षा प्रतियोगितामा सफल...










Comments
Post a Comment