Skip to main content

२०८० | वार्षिक राशिफल

 प्रारम्भमा पारिवारिक समस्याले उल्झन र व्यावहारिक कठिनाइ देखिए पनि वर्षको उत्तरार्धमा उत्साहजनक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। गृहसुखमा रहने बृहस्पतिको प्रभावले घरेलु समस्यासँग जुध्नुपर्नेछ। सत्यका पक्षमा लाग्दा दुःख पाइनेछ। अरूको विचारलाई बेवास्ता गर्ने प्रवृत्तिले शुभचिन्तकहरू टाढिनेछन्। घर–परिवारमा मतभेद देखापर्न सक्छ। परिस्थितिले साझेदारी तथा संयुक्त आधारशिला विखण्डन गरी एकल अवधारणामा अवतरित गराउनेछ। साझेदारीमा बाँडफाँट र सगोलको सम्पत्तिमा भागबन्डा लाग्ने सम्भावना छ। वर्षभरि धनभावमा रहने शनिदेवको अन्त्य साढेसाती चल्ने हुँदा आर्थिक क्रियाकलापमा मन्दी आउनेछ र धनको अभाव भइरहनेछ। कम आम्दानी, अत्यधिक खर्च, काममा विलम्ब, पढाइमा अवरोध, तीव्र आलोचना, अस्वस्थता जस्ता समस्याहरूसँग जुध्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। राहुको प्रभावले वर्षको पूर्वार्धमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। घरेलु समस्या आउन सक्छन्। प्रेममा मनमोटाव वा बिछोडसमेत निम्त्याउने हुँदा घरजमको आधारशिला कमजोर हुनेछ। केतुको प्रभावले केही लोकप्रिय काम बन्नेछन्। समाजमा कीर्ति फैलिने र मानसम्मान प्राप्त हुने सम्भावना छ। कार्तिकदेखि उद्योगभावमा जाने राहुको प्रभावले रोकिएका काम बन्नेछन्। कृषिकर्म, उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् र मनग्य धनलाभ हुनेछ। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। शनिको साढेसाती प्रभावबाट मुक्त रहन शनिवार पीपलको पूजा गरी जल चढाउनुहोला। काली भगवती, हनुमानजी र आफ्ना इष्टदेवको पूजा–आराधना गर्नाले पनि फाइदा हुनेछ। बृहस्पतिका असल गुण सक्रिय बनाउन शिवजी र बगलामुखी भगवतीको दर्शन–पूजा गर्नुहोला। राहुदोष शमन गर्न वटुक भैरव र छिन्नमस्ताको दर्शन–पूजा गर्नुहोला। असार, कार्तिक, मंसिर र चैत महिनामा विशेष फाइदा हुनेछ भने वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन्।



उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

Comments

Popular posts from this blog

पुष २०८० मकर राशि को राशिफल

  पुष महिनामा तपाईंलाई मिश्रित फल मिल्नेछ । बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । १५ गतेबाट दानपुण्यका कार्यमा सहभागी भइनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर राशी

२०६६ साल » मकर राशी जो जा जी खी खू खे खो गा गी यो २०६६ साल हो । यस वर्ष तपाईको राशि को जन्म राशिमा राहु र सातौँ स्थानमा केतु रहँदै आएका छन् । त्यसकारण तपाईलाई भाग्यको सहयोग कम होला । परिश्रमले मात्रै कामहरु सफल होलान् । परिवारमा कसैमो भाग्य चम्किएला । सामान्य आन्दानी नोकरी व्यवसायमा विविध किसिमको विवाद होला । कुनै सहयोगीबाट नोकरी व्यवसायमा सहायता होला । भोगविलासमा रुचि रहला । हरेक काममा साहसी बन्नुपर्ला । कुसंगतले बिर्गाला । मंसिर १८ गतेबाट राहु बाह्रौ र केतु छैठौँ स्थानमा जानाले त्यसपछि राहु र केतुका तर्फाट तपाईलाई सट्टापट्टा जुवातासबाट घाटा होला । जीवनसाथी र सन्तानका तर्फाट सुख सामान्य होला । धर्मकर्ममा रुचि बढ्ला । घर गृहस्थीको काममा दक्षता बढ्ला । तपाईलाई राम्रो संगत प्राप्त होला । शारिरिक मानसिक स्वास्स्थ्य सामान्य रहला । नशालु पदार्थबाट टाढा रहनु नत्र ठूलो नोक्सानी हुन सक्छ । जीवन साथी, परिवारका लागी लगानी बढ्ला । बृहस्पतिले तपाईको राशिको दोस्रो स्थानको यात्रा गर्दै हुनाले बोली बचनको प्रभाव बढ्ला । कथा बाचन, प्रवचन, भाषण आदिमा चलक बाणी प्राप्त होला । परिक्षा प्रतियोगितामा सफल...

२०७३ सालको बार्षिक राशि फल

यो वर्षको प्रारम्भ केही संघर्षपूर्ण रहनेछ। सुरुमा कष्टभावमा बृहस्पति र राहु एकसाथ रहने हुँदा चोटपटक एवं वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा भइरहनेछ। परिस्थितिले ऋणभार बढाउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउनेछ भने आफन्तको व्यवहारले मन खिन्न हुनेछ। तर आयभावका शनि अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त हुनेछ। ठेकेदारी, सट्टापट्टा वा साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले नाम, दाम र इनाम थमाउन सक्छ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने सम्भावना छ। साउन २२ देखि बृहस्पति भाग्यभावमा प्रवेश गर्नाले पहिलेका समस्या समाधान हुनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। मंगलमय कार्य, परोपकार र सामाजिक काममा अभिरुचि जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ। मन मिल्ने दौतरी भेटिनुका साथै प्रेमसम्बन्ध स्थापित गर्ने साइत जुर्न सक्छ। अध्ययनमा प्रगति हुनेछ भने स्थायी नोकरीमा प्रवेश पाइने योग छ। कर्मचारीका लागि पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ। राहुको प्रतिकूलताले दुर्घटना एवं डरले सताउने देखिन्छ। मातापिताको बारेमा चिन्ता बढ्न सक्छ। जन्मकालमा राहु प्रतिकूल...