Skip to main content

मकर राशी

मकर
२०६६ साल » मकर राशी
जो जा जी खी खू खे खो गा गी
यो २०६६ साल हो । यस वर्ष तपाईको राशि को जन्म राशिमा राहु र सातौँ स्थानमा केतु रहँदै आएका छन् । त्यसकारण तपाईलाई भाग्यको सहयोग कम होला । परिश्रमले मात्रै कामहरु सफल होलान् । परिवारमा कसैमो भाग्य चम्किएला । सामान्य आन्दानी नोकरी व्यवसायमा विविध किसिमको विवाद होला । कुनै सहयोगीबाट नोकरी व्यवसायमा सहायता होला । भोगविलासमा रुचि रहला । हरेक काममा साहसी बन्नुपर्ला । कुसंगतले बिर्गाला ।

मंसिर १८ गतेबाट राहु बाह्रौ र केतु छैठौँ स्थानमा जानाले त्यसपछि राहु र केतुका तर्फाट तपाईलाई सट्टापट्टा जुवातासबाट घाटा होला । जीवनसाथी र सन्तानका तर्फाट सुख सामान्य होला । धर्मकर्ममा रुचि बढ्ला । घर गृहस्थीको काममा दक्षता बढ्ला । तपाईलाई राम्रो संगत प्राप्त होला । शारिरिक मानसिक स्वास्स्थ्य सामान्य रहला । नशालु पदार्थबाट टाढा रहनु नत्र ठूलो नोक्सानी हुन सक्छ । जीवन साथी, परिवारका लागी लगानी बढ्ला ।

बृहस्पतिले तपाईको राशिको दोस्रो स्थानको यात्रा गर्दै हुनाले बोली बचनको प्रभाव बढ्ला । कथा बाचन, प्रवचन, भाषण आदिमा चलक बाणी प्राप्त होला । परिक्षा प्रतियोगितामा सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । मध्य असारबाट भाद्र महिनासम्म शनिले उल्टो यात्रा गर्ने हुनाले तपाईलाई उल्टो फल प्राप्त हुने सम्भावना छ । भदौ २४ बाट गुरु फेरि आफ्नो पुरानो स्थानमा आउनाले परदेशको गमन होला । व्यर्थैमा खचृ बढ्ला । धनको नाश होला । शत्रुको भय होला । मानको हानि होला । राज्यको भय होला । मानसिक कष्टको सामना गर्नुपर्ला । रोजगारीमा झगडा होला । कार्त्तिक मासबाट बृहस्पति मार्गी हुनाले तपाईलाई सामान्य फल मिल्ला ।

मंसिर २९ गतेबाट बृहस्पति दोस्रो स्थानमा जानाले पठनपाठनमा रुचि बढ्ला । भाषण प्रवचनमा चतुर्राई बढ्ला । धन वस्त्र अलंकारको लाभ होला । पुरस्कारको प्राप्ति होला । पुरस्कारको प्राप्ति होला । उद्योग उन्नतिमा प्रगति हुनेछ । दान धर्मकर्ममा परोपकारमा रुचि बढ्ला ।

शनि ग्रह बितेको वर्षेखि नै आठौँ स्थानमा भ्रमण गर्दै आउकोले तपाईलाई अढैया शनिले सताउला । इष्टमित्र र शनिबाट हानि होला । आर्थिक उद्देश्यमा ब्यर्थैको अवरोध पर्ला । यात्रा प्रवासमा कष्ट हुनेछ । धन धान्यादिमा हानी होला । कामकाजहरु निष्फल होलान् । वैशाख जेठ मासमा बक्री अवधि भएकाले प्रायजसो विपरित फल देला ।

भदौ २० गतेबाट शनिले आठौँ स्थान पार गरि नवौँ स्थानमा प्रवेश गरेकोले तपाईलाई आर्थिक लाभ होला । सामाजिक कार्यमा साहसिक प्रयत्नले सफलता मिल्ला । तपाईलाई चारैतिरबाट सफलता मिल्ला । दिनदशामा क्रमिक सुधार होला । बालबच्चाका तर्फाट सुख सन्तोष मिल्ला । धर्ममा रुचि रहला ।

Comments

Popular posts from this blog

पुष २०८० मकर राशि को राशिफल

  पुष महिनामा तपाईंलाई मिश्रित फल मिल्नेछ । बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । १५ गतेबाट दानपुण्यका कार्यमा सहभागी भइनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)             Shop Now                                                           Shop Now