Skip to main content

मकर राशी

मकर
२०६६ साल » मकर राशी
जो जा जी खी खू खे खो गा गी
यो २०६६ साल हो । यस वर्ष तपाईको राशि को जन्म राशिमा राहु र सातौँ स्थानमा केतु रहँदै आएका छन् । त्यसकारण तपाईलाई भाग्यको सहयोग कम होला । परिश्रमले मात्रै कामहरु सफल होलान् । परिवारमा कसैमो भाग्य चम्किएला । सामान्य आन्दानी नोकरी व्यवसायमा विविध किसिमको विवाद होला । कुनै सहयोगीबाट नोकरी व्यवसायमा सहायता होला । भोगविलासमा रुचि रहला । हरेक काममा साहसी बन्नुपर्ला । कुसंगतले बिर्गाला ।

मंसिर १८ गतेबाट राहु बाह्रौ र केतु छैठौँ स्थानमा जानाले त्यसपछि राहु र केतुका तर्फाट तपाईलाई सट्टापट्टा जुवातासबाट घाटा होला । जीवनसाथी र सन्तानका तर्फाट सुख सामान्य होला । धर्मकर्ममा रुचि बढ्ला । घर गृहस्थीको काममा दक्षता बढ्ला । तपाईलाई राम्रो संगत प्राप्त होला । शारिरिक मानसिक स्वास्स्थ्य सामान्य रहला । नशालु पदार्थबाट टाढा रहनु नत्र ठूलो नोक्सानी हुन सक्छ । जीवन साथी, परिवारका लागी लगानी बढ्ला ।

बृहस्पतिले तपाईको राशिको दोस्रो स्थानको यात्रा गर्दै हुनाले बोली बचनको प्रभाव बढ्ला । कथा बाचन, प्रवचन, भाषण आदिमा चलक बाणी प्राप्त होला । परिक्षा प्रतियोगितामा सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । मध्य असारबाट भाद्र महिनासम्म शनिले उल्टो यात्रा गर्ने हुनाले तपाईलाई उल्टो फल प्राप्त हुने सम्भावना छ । भदौ २४ बाट गुरु फेरि आफ्नो पुरानो स्थानमा आउनाले परदेशको गमन होला । व्यर्थैमा खचृ बढ्ला । धनको नाश होला । शत्रुको भय होला । मानको हानि होला । राज्यको भय होला । मानसिक कष्टको सामना गर्नुपर्ला । रोजगारीमा झगडा होला । कार्त्तिक मासबाट बृहस्पति मार्गी हुनाले तपाईलाई सामान्य फल मिल्ला ।

मंसिर २९ गतेबाट बृहस्पति दोस्रो स्थानमा जानाले पठनपाठनमा रुचि बढ्ला । भाषण प्रवचनमा चतुर्राई बढ्ला । धन वस्त्र अलंकारको लाभ होला । पुरस्कारको प्राप्ति होला । पुरस्कारको प्राप्ति होला । उद्योग उन्नतिमा प्रगति हुनेछ । दान धर्मकर्ममा परोपकारमा रुचि बढ्ला ।

शनि ग्रह बितेको वर्षेखि नै आठौँ स्थानमा भ्रमण गर्दै आउकोले तपाईलाई अढैया शनिले सताउला । इष्टमित्र र शनिबाट हानि होला । आर्थिक उद्देश्यमा ब्यर्थैको अवरोध पर्ला । यात्रा प्रवासमा कष्ट हुनेछ । धन धान्यादिमा हानी होला । कामकाजहरु निष्फल होलान् । वैशाख जेठ मासमा बक्री अवधि भएकाले प्रायजसो विपरित फल देला ।

भदौ २० गतेबाट शनिले आठौँ स्थान पार गरि नवौँ स्थानमा प्रवेश गरेकोले तपाईलाई आर्थिक लाभ होला । सामाजिक कार्यमा साहसिक प्रयत्नले सफलता मिल्ला । तपाईलाई चारैतिरबाट सफलता मिल्ला । दिनदशामा क्रमिक सुधार होला । बालबच्चाका तर्फाट सुख सन्तोष मिल्ला । धर्ममा रुचि रहला ।

Comments

Popular posts from this blog

पुष २०८० मकर राशि को राशिफल

  पुष महिनामा तपाईंलाई मिश्रित फल मिल्नेछ । बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । १५ गतेबाट दानपुण्यका कार्यमा सहभागी भइनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर राशि वार्षिक राशिफल २०८२

राशि: मकर (Capricorn) | स्वामी: शनि | रंग: कालो, गाढा खैरो | मूलांक: ८, ४, ७ सामान्य वार्षिक फल: प्रिय मकर राशिका साथीहरु, २०८२ साल तपाईंको लागि अनुशासन, उत्तरदायित्व र कार्यक्षेत्रमा उन्नतिको वर्ष हुनेछ। शनि ग्रहको स्थिर प्रभावले तपाईंलाई hard work, patience र long-term success को शक्ति दिनेछ। यस वर्ष तपाईंले professional life मा महत्वपूर्ण achievements हासिल गर्नुहुनेछ र social status मा सुधार आउनेछ। तर, rigidity र excessive seriousness बाट बच्नुहोला। Relationships मा emotional expression बढाउनु जरुरी छ। आफ्नो ambitions लाई balance गर्न सिक्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष exceptionally beneficial छ। Government jobs, administration, engineering, construction र real estate जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Promotions र recognition पाउने chances छन्। Students ले long-term study goals मा focus गर्नुहोस्। Discipline र consistency key to success हुनेछ। आर्थिक स्थिति: Financial status मा slow but steady growth हुनेछ। Property investments र long-term savings...