मकर राशिका व्यक्तिको प्रेमक्षेत्र त्यति सफल छैन । तर प्रेमतृष्णा हृदयबाट उत्पन्न हुन्छ । आफूले अति चाहना गर्दा पनि प्रेमीजीवन बिमुख हुनुको कारणबाट वैराग्य लिने जस्तो पनि हुन्छन् । प्रेम वियोगले गर्दा यिनीहरुको जीवनमा विभिन्न परिवर्तन हुन सक्छ । प्रेम भावनाबाट पपूर्ण विश्वास खोलिदिन्छन् । प्रेमिकाले त्यसको कदर नगरे जीवन गम्भीर हुन पुग्छ । विवाहपछि स्त्री पुरुषको दृढ प्रेम भए तापनि केही न केही खटपट भइरहन्छ । जीवनमा दुइमा आपसी उताउता आन्तरिक व्यवसायले विचार बदलिने, समाजमा जस्ताको त्यस्तै देखिने, मनको कुरा कसैप्रति व्यक्त नगर्ने, बानीले आन्तरिक वेदनाले जलन सहेर बस्नुपर्ने हुन्छ । प्रेम वियोग पुरुषलाई भन्दा स्त्रीलाई नै धेरै पर्नेछ । कन्या, मेष र कर्कट सँगक प्रेम सम्बन्ध कठिन हुनेछ भने अरु सँग सामान्य नै रहने छ ।
२०६६ साल » मकर राशी जो जा जी खी खू खे खो गा गी यो २०६६ साल हो । यस वर्ष तपाईको राशि को जन्म राशिमा राहु र सातौँ स्थानमा केतु रहँदै आएका छन् । त्यसकारण तपाईलाई भाग्यको सहयोग कम होला । परिश्रमले मात्रै कामहरु सफल होलान् । परिवारमा कसैमो भाग्य चम्किएला । सामान्य आन्दानी नोकरी व्यवसायमा विविध किसिमको विवाद होला । कुनै सहयोगीबाट नोकरी व्यवसायमा सहायता होला । भोगविलासमा रुचि रहला । हरेक काममा साहसी बन्नुपर्ला । कुसंगतले बिर्गाला । मंसिर १८ गतेबाट राहु बाह्रौ र केतु छैठौँ स्थानमा जानाले त्यसपछि राहु र केतुका तर्फाट तपाईलाई सट्टापट्टा जुवातासबाट घाटा होला । जीवनसाथी र सन्तानका तर्फाट सुख सामान्य होला । धर्मकर्ममा रुचि बढ्ला । घर गृहस्थीको काममा दक्षता बढ्ला । तपाईलाई राम्रो संगत प्राप्त होला । शारिरिक मानसिक स्वास्स्थ्य सामान्य रहला । नशालु पदार्थबाट टाढा रहनु नत्र ठूलो नोक्सानी हुन सक्छ । जीवन साथी, परिवारका लागी लगानी बढ्ला । बृहस्पतिले तपाईको राशिको दोस्रो स्थानको यात्रा गर्दै हुनाले बोली बचनको प्रभाव बढ्ला । कथा बाचन, प्रवचन, भाषण आदिमा चलक बाणी प्राप्त होला । परिक्षा प्रतियोगितामा सफल...
Comments
Post a Comment