Skip to main content

२०७२ सालको बार्षिक राशि फल

समग्रमा योबर्ष मकर राशिलाइ राम्रो रहनेछ । गरेका कामहरू सफलतापूर्वक अघिबढ्नेछन्। एकादश शनिको अनुकूल प्रभाव एवं बर्ष आरम्भमा तृतीयेश बृहस्पति सप्तम भावमा, तृतीयस्थानमा केतुले गोचर गरिरहेको हुँदा जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन् । मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ । आमदानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । व्यापारमा सफलता सोचेभन्दा वढी नै मिल्नेछ । वैदेशिक कार्यमा सफलता मिल्नुको साथै विदेश अध्ययनमा छात्र वृद्धि प्राप्त भई पढ्न जानेखालको योग देखिन्छ । कूटनीतिक क्षेत्रमा ऐतिहासिक काम गरी आफूलाई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला । नोकारीमा पदोन्नतिका साथै लाभप्रद स्थानमा जाने अवसर मिल्नेछ । राजनीतिमा आफनोवर्चस्व चारैतिर फैलाउन सफलभई उच्चस्थान हासिल गर्ने अवसर मिल्नेछ । विदेशिएका, भुलेका आफन्तहरुले पुनः याद गर्नेछन् । विदेश बासोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै अवस प्राप्त होला । ठूलाव्यक्तिको विश्वास पात्रहुने अवसरका साथै राजनीति नियुक्तिको सम्भावना बलियोछ । पति–पत्नीबीच सुमधुर सम्वन्ध हुनेछ । असल मान्छेले प्रेम प्रस्ताव राख्ने, भएको प्रेम वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । आषाढ २६ देखि अष्टम गुरुले गोचर गर्नेहँुदा स्वास्थमा समस्या आउने, आर्थिक कारोबारमा समस्या आउने, काममा अरुले अवरोध सृर्जना गर्नसक्ने भएकोले यी पक्षहरूमा सजग हुनुपर्ला । गोपनीयतामा जोड्दिनु राम्रो हुनेछ । बैशाख, भाद्र, पौष महिना नराम्रो भएकोले संयम हुनुहोला, आषाढ, कार्तिक, मार्ग, चैत्र राम्रो भएकोले महत्वपूर्ण काम गर्नुहोला ।

Comments

Popular posts from this blog

पुष २०८० मकर राशि को राशिफल

  पुष महिनामा तपाईंलाई मिश्रित फल मिल्नेछ । बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । १५ गतेबाट दानपुण्यका कार्यमा सहभागी भइनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर राशी

२०६६ साल » मकर राशी जो जा जी खी खू खे खो गा गी यो २०६६ साल हो । यस वर्ष तपाईको राशि को जन्म राशिमा राहु र सातौँ स्थानमा केतु रहँदै आएका छन् । त्यसकारण तपाईलाई भाग्यको सहयोग कम होला । परिश्रमले मात्रै कामहरु सफल होलान् । परिवारमा कसैमो भाग्य चम्किएला । सामान्य आन्दानी नोकरी व्यवसायमा विविध किसिमको विवाद होला । कुनै सहयोगीबाट नोकरी व्यवसायमा सहायता होला । भोगविलासमा रुचि रहला । हरेक काममा साहसी बन्नुपर्ला । कुसंगतले बिर्गाला । मंसिर १८ गतेबाट राहु बाह्रौ र केतु छैठौँ स्थानमा जानाले त्यसपछि राहु र केतुका तर्फाट तपाईलाई सट्टापट्टा जुवातासबाट घाटा होला । जीवनसाथी र सन्तानका तर्फाट सुख सामान्य होला । धर्मकर्ममा रुचि बढ्ला । घर गृहस्थीको काममा दक्षता बढ्ला । तपाईलाई राम्रो संगत प्राप्त होला । शारिरिक मानसिक स्वास्स्थ्य सामान्य रहला । नशालु पदार्थबाट टाढा रहनु नत्र ठूलो नोक्सानी हुन सक्छ । जीवन साथी, परिवारका लागी लगानी बढ्ला । बृहस्पतिले तपाईको राशिको दोस्रो स्थानको यात्रा गर्दै हुनाले बोली बचनको प्रभाव बढ्ला । कथा बाचन, प्रवचन, भाषण आदिमा चलक बाणी प्राप्त होला । परिक्षा प्रतियोगितामा सफल...

२०७३ सालको बार्षिक राशि फल

यो वर्षको प्रारम्भ केही संघर्षपूर्ण रहनेछ। सुरुमा कष्टभावमा बृहस्पति र राहु एकसाथ रहने हुँदा चोटपटक एवं वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा भइरहनेछ। परिस्थितिले ऋणभार बढाउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउनेछ भने आफन्तको व्यवहारले मन खिन्न हुनेछ। तर आयभावका शनि अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त हुनेछ। ठेकेदारी, सट्टापट्टा वा साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले नाम, दाम र इनाम थमाउन सक्छ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने सम्भावना छ। साउन २२ देखि बृहस्पति भाग्यभावमा प्रवेश गर्नाले पहिलेका समस्या समाधान हुनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। मंगलमय कार्य, परोपकार र सामाजिक काममा अभिरुचि जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ। मन मिल्ने दौतरी भेटिनुका साथै प्रेमसम्बन्ध स्थापित गर्ने साइत जुर्न सक्छ। अध्ययनमा प्रगति हुनेछ भने स्थायी नोकरीमा प्रवेश पाइने योग छ। कर्मचारीका लागि पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ। राहुको प्रतिकूलताले दुर्घटना एवं डरले सताउने देखिन्छ। मातापिताको बारेमा चिन्ता बढ्न सक्छ। जन्मकालमा राहु प्रतिकूल...