समग्रमा योबर्ष मकर राशिलाइ राम्रो रहनेछ । गरेका कामहरू सफलतापूर्वक अघिबढ्नेछन्। एकादश शनिको अनुकूल प्रभाव एवं बर्ष आरम्भमा तृतीयेश बृहस्पति सप्तम भावमा, तृतीयस्थानमा केतुले गोचर गरिरहेको हुँदा जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन् । मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ । आमदानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । व्यापारमा सफलता सोचेभन्दा वढी नै मिल्नेछ । वैदेशिक कार्यमा सफलता मिल्नुको साथै विदेश अध्ययनमा छात्र वृद्धि प्राप्त भई पढ्न जानेखालको योग देखिन्छ । कूटनीतिक क्षेत्रमा ऐतिहासिक काम गरी आफूलाई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला । नोकारीमा पदोन्नतिका साथै लाभप्रद स्थानमा जाने अवसर मिल्नेछ । राजनीतिमा आफनोवर्चस्व चारैतिर फैलाउन सफलभई उच्चस्थान हासिल गर्ने अवसर मिल्नेछ । विदेशिएका, भुलेका आफन्तहरुले पुनः याद गर्नेछन् । विदेश बासोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै अवस प्राप्त होला । ठूलाव्यक्तिको विश्वास पात्रहुने अवसरका साथै राजनीति नियुक्तिको सम्भावना बलियोछ । पति–पत्नीबीच सुमधुर सम्वन्ध हुनेछ । असल मान्छेले प्रेम प्रस्ताव राख्ने, भएको प्रेम वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । आषाढ २६ देखि अष्टम गुरुले गोचर गर्नेहँुदा स्वास्थमा समस्या आउने, आर्थिक कारोबारमा समस्या आउने, काममा अरुले अवरोध सृर्जना गर्नसक्ने भएकोले यी पक्षहरूमा सजग हुनुपर्ला । गोपनीयतामा जोड्दिनु राम्रो हुनेछ । बैशाख, भाद्र, पौष महिना नराम्रो भएकोले संयम हुनुहोला, आषाढ, कार्तिक, मार्ग, चैत्र राम्रो भएकोले महत्वपूर्ण काम गर्नुहोला ।
२०६६ साल » मकर राशी जो जा जी खी खू खे खो गा गी यो २०६६ साल हो । यस वर्ष तपाईको राशि को जन्म राशिमा राहु र सातौँ स्थानमा केतु रहँदै आएका छन् । त्यसकारण तपाईलाई भाग्यको सहयोग कम होला । परिश्रमले मात्रै कामहरु सफल होलान् । परिवारमा कसैमो भाग्य चम्किएला । सामान्य आन्दानी नोकरी व्यवसायमा विविध किसिमको विवाद होला । कुनै सहयोगीबाट नोकरी व्यवसायमा सहायता होला । भोगविलासमा रुचि रहला । हरेक काममा साहसी बन्नुपर्ला । कुसंगतले बिर्गाला । मंसिर १८ गतेबाट राहु बाह्रौ र केतु छैठौँ स्थानमा जानाले त्यसपछि राहु र केतुका तर्फाट तपाईलाई सट्टापट्टा जुवातासबाट घाटा होला । जीवनसाथी र सन्तानका तर्फाट सुख सामान्य होला । धर्मकर्ममा रुचि बढ्ला । घर गृहस्थीको काममा दक्षता बढ्ला । तपाईलाई राम्रो संगत प्राप्त होला । शारिरिक मानसिक स्वास्स्थ्य सामान्य रहला । नशालु पदार्थबाट टाढा रहनु नत्र ठूलो नोक्सानी हुन सक्छ । जीवन साथी, परिवारका लागी लगानी बढ्ला । बृहस्पतिले तपाईको राशिको दोस्रो स्थानको यात्रा गर्दै हुनाले बोली बचनको प्रभाव बढ्ला । कथा बाचन, प्रवचन, भाषण आदिमा चलक बाणी प्राप्त होला । परिक्षा प्रतियोगितामा सफल...
Comments
Post a Comment