Skip to main content

Posts

२०७३ सालको बार्षिक राशि फल

यो वर्षको प्रारम्भ केही संघर्षपूर्ण रहनेछ। सुरुमा कष्टभावमा बृहस्पति र राहु एकसाथ रहने हुँदा चोटपटक एवं वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा भइरहनेछ। परिस्थितिले ऋणभार बढाउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउनेछ भने आफन्तको व्यवहारले मन खिन्न हुनेछ। तर आयभावका शनि अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त हुनेछ। ठेकेदारी, सट्टापट्टा वा साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले नाम, दाम र इनाम थमाउन सक्छ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने सम्भावना छ। साउन २२ देखि बृहस्पति भाग्यभावमा प्रवेश गर्नाले पहिलेका समस्या समाधान हुनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। मंगलमय कार्य, परोपकार र सामाजिक काममा अभिरुचि जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ। मन मिल्ने दौतरी भेटिनुका साथै प्रेमसम्बन्ध स्थापित गर्ने साइत जुर्न सक्छ। अध्ययनमा प्रगति हुनेछ भने स्थायी नोकरीमा प्रवेश पाइने योग छ। कर्मचारीका लागि पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ। राहुको प्रतिकूलताले दुर्घटना एवं डरले सताउने देखिन्छ। मातापिताको बारेमा चिन्ता बढ्न सक्छ। जन्मकालमा राहु प्रतिकूल